कोरोनाको औ’षधिले काम गर्ने संकेत, छिट्टै निको भए परीक्षण गरिएका बिरामी

एजेन्सी। कोरोना भाइरसले विश्व त्र’सित भइरहेका बेला वैज्ञानिकहरू यसको उपचारको विधि र औ’षधि बनाउन अहोरात्र खटिएका छन् । धेरै मुलुकमा औ’षधिका परीक्षणहरू पनि भइरहेका छन्।

यसै बीच कोरोना भाइरसको औ’षधिको परीक्षणमा सामेल भएकाहरू सोचेभन्दा छिटै अस्पतालबाट डिस्चार्ज भएका छन् । बेलायति सञ्चार माध्यम सिएनएनले प्रकाशित गरेको समाचारमा कोरोना भाइरसको औ’षधिको क्लिनिकल परीक्षणमा सामेल भएका मानिसहरू चाँडै डिस्चार्ज भएको बताइएको छ।

कोरोना भाइरसका लागि सम्भावित मानिएको “रेम्डिसिभर“को क्लिनिकल परीक्षणमा सामेल भएका कोरोना संक्रमित मानिसहरू चाँडै निको भएर घर फर्किएका छन् । यस परीक्षणमा सामेल भएका सबै जनालाई कोरोनाका लक्षणहरू देखिएकामा औ’षधिको प्रयोग भएपछि सबै घर फर्किएको समाचारमा उल्लेख गरीएको छ।

क्लिनिकल परीक्षणको बारेमा बताउँदै सिकागो विश्वविद्यालयका सरूवा रोग विशेषज्ञले भने, “हामीसँग सबै भन्दा राम्रो समाचार यो छ कि, हाम्रा अधिकांश बिरामीहरूलाई डिस्चार्ज गरिएको छ, यो खुसीको कुरा हो।”

कोभिड- १९ को लागि कुनै अनुमोदित उपचार पद्धति छैन । जसले गम्भीर निमोनिया र केही बिरामीहरूमा तीव्र श्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ। तर, अमेरीकाको राष्ट्रिय स्वास्थ्य संस्थाले धेरै औषधिहरू र अन्य उपचारहरूको परीक्षण गरिरहेको छ।

गिलियड साइन्सले औ’षधि इबोलाको वि’रूद्ध पनि औ’षधि बनाएको थियो । विश्व स्वास्थ्य संगठनले पनि “रेम्डिसिभर”लाई कोरोना वि’रूद्धको संभावित औ’षधिको रूपमा हुनसक्ने बताएको थियो।