यिनको नाममा को चढ्यो जहाज ? कलिम भन्छन् ‘म सारजहामै छु, घर कसरी पुगें ? जवाफ चाहियो’

काठमाडौं। विदेशवाट नेपाली फर्काउन गएको जहाजले एउटाको नाममा अर्कै ब्यक्तिलाई लिएर आएको खुलेको छ । दुतावासले पहिलो प्राथमिकतामा राखेका ब्यक्तिहरुको नाममा अरु नै ब्यक्ति नेपाल आएको फेला परेको हो । लामो समय देखि युएइको सारजहामा बस्दै आएका कलिम मियाँको नाम दुतावासले नेपाल फर्कने मध्य पहिलो सूचीमा राखेको थियो । उनी शुक्रवार नेपाल फर्कने पर्खाइमा थिए । कम्पनीले काम र तलब नदिएर अप्ठेरोमा परेका उनलाई दुतावासले पहिलो पटकमा पठाउने आश्वासन दिएको थियो । त्यसैले उनको नाम दुतावासले राखेको नामको सूचीमा अगाडी थियो ।

तर उनले शुक्रवार आफुलाई नलिई जहाँ युएइवाट उडिसकेको जानकारी पाए । त्यो जानकारी पाएपछि उनी निराश भए । तर जव जिल्ला प्रशासन कार्यालयले जारी गरेको नेपाल फर्केकाहरुको सूची देखे त्यसपछि उनको होस उड्यो । नेपाल फर्केका नेपालीहरुको नाममा उनको नाम पनि थियो । जिल्ला प्रशासन कार्यलय गोरखाले जारी गरेको सूचनामा आफ्नो नाम पनि देखेपछि उनको दिमाग घुम्यो । उनी छक्क परे आफु युएइमै छु तर नाम भने गोरखा पुगीसकेको भनेर आयो ।

‘महिनौंदेखि उद्धारको पर्खाइमा बसेका हामीलाई तपाईँहरु प्राथमिकतामा हुनुहुन्छ भन्ने, अनि घर फर्कने चाहिँ अरु नै, नाम चाहिँ आफू घर पुगिसकेको सूचीमा,’ कलिमले दुखी हुँदै भने ‘कसको कमजोरीले यस्तो भएको हो?रु म सारजहामै छु कसरी घर पुगें ? मलाई जवाफ चाहियो रु’ लामो पर्खाईपछि घर जाने आशमा रहेका धेरैलाई दूतावासले शुक्रबार फर्कन पाउने बताएको थियो । तर आफूलाई लिएर जाने भनेको जहाज अरुलाई नै लिएर उडेको सुनेपछि उनीहरु यसैगरी दुःखी भएका छन् ।

अझ घर आउँदै नआएको मानिसलाई आफ्नै जिल्ला प्रशासनले फर्कनेको सूचीमा राखे पछि उनीहरुको दिमाग तातेको छ । दूतावास स्रोतका अनुसार यूएईले सुरुमा श्रमिकलाई निःशुल्क नेपालसम्म पुर्याइदिने भनेर अनुमति लिएको हो । दूतावासलाई प्राप्त नोटमा पनि निःशुलल्कै पुर्याइदिने कुरा उल्लेख छ । तर अन्तिम समयमा यूएइले कुरा फेर्दा समस्या भएको दूतावासको भनाइ छ । तर दूतावासको सूची एकातिर, परराष्ट्रको सूची अर्कोतिर र यूएईको नोट अर्कोतिर हुँदा प्राथमिकतामा परेका नेपाली आउन पाएनन् ।