चर्चित दक्षिण भारतीय अभिनेता ३९ वर्षीय चिरञ्जीवी सरजाको अकस्मात निधन

काठमाडौं। चर्चित दक्षिण भारतीय अभिनेता चिरञ्जीवी सरजाको हृदयाघा’तका कारण निधन भएको छ । उनी केवल ३९ वर्षका थिए । चिरञ्जीवी कन्नड फिल्म उद्योगका चर्चित हिरो थिए । उनको बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

उनको निधन हृदयाघा’तका कारण भएको प्रारम्भिक रिपोर्ट भए पनि कोभिड १९ समेत परक्षिण गरिएको छ जसको रिपोर्ट आएको छैन । हिजो दिउँसो करिब १ बजेको समयमा उनले आफ्ना पितासँग फोनमा कुरा गर्दै गर्दा उनलाईपनिा आउन थालेको थियो । उनी अचानक ढ’लेपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो तर अस्पतालले उनलाई मृ’त घोषित गरिदियो । उनको अन्तिम संस्कार आज हुने भारतीय संचारमाध्यमले जनाएका छन् । बैंगलुरुको अपोलो अस्पतालअगाडि ोमबार बिहानैदेखि प्रशंशकको भिड लागेको छ।