जसलाई डाइरेक्टरले नराम्री भनेर फिल्मबाट निकालेका थिए ! उसैले बलिउडमा गरिन् कमाल

एजेन्सी। बलिउड अभिनेत्री तप्सी पन्नु वक्सअफिसमा सबैभन्दा सफल अभिनेत्री बनेकी छन्। एक वर्षको अवधिमा रिलिज भएका तप्सीका पाँच सिनेमाले वक्सअफिसमा ३ सय ५२ करोड भारू कमाइ गरेपछि उनी बलिउडको सबैभन्दा सफल अभिनेत्री बनेकी हुन्।

एक वर्षको अवधिमा तप्सीले ‘मिसन मंगल’ ‘गेम ओभर’, ‘बदला’,’साड की आँख’ र ‘थप्पड’ गरी पाँच सिनेमा रिलिज भएका थिए। यी पाँचै सिनेमाका लागि तप्सीले समीक्षक र दर्शकबाट राम्रो तारिफ बटुलेकी छन्।

तप्सीको हात हाल ‘रश्मी रकेट’ र ‘हसिन दिलरूबा’ जस्ता सिनेमा छन्। भारतीय अनलाइन पिंकभिल्लासँग कुरा गर्दै उनले सुरुवाती दिनमा धेरै दुख गरेको बताएकी छिन् । आफ्नो स्कीन म्याच नगरेको भन्दै डाइरेक्टरले पटक पटक फिल्मबाट निकालेकाे सम्झदै अहिले सफलता पाएकोमा खुशी व्यक्त्त गरेको छिन् ।