असार १७ वाट आन्तरिक उडान ! नीजि कम्पनीले थाले टिकट बुकिङको तयारी

काठमाडौं। लकडानका कारण लामो समय देखि बन्द रहेको आन्तरिक उडन अब असार १७ गतेवाट सञ्चालन गर्न सरकारमा प्रस्ताव लगिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान गर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ। बन्दाबन्दीका कारण लामो समय उडान भर्न नपाउँदा वायुसेवा अप्ठेरोमा पर्न लागेको छ।

प्राधिकरण र हवाइ व्यवसायीसँग भएको छलफल पछि मन्त्रालयमा यस्तो प्रस्ताव लैजाने सहमति भएको हो । मन्त्रालयको तर्फवाट आइतवार नै सो प्रस्ताव मन्त्रीपरिषद् बैठकमा पेस गर्ने जनाईको छ । लकडाउन खोल्ने वा आन्तरिक उडान कहिले खुल्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषदले मात्रै गर्छ।

वायुसेवा कम्पनीबीचको छलफल पछि निजी कम्पनीहरुले टिकट बुकिगं खोल्ने तयारी समेत गरेका छन् । मन्त्रीपरिषद् बैठकले आज सो प्रस्ताव पास गरे भोलीवाटै आन्तरिक उडानको लागि सोमबारबाट बुकिङ सुरु गर्ने नीजि उडान कम्पनीहरुले जनाएका छन्।

यो पनि पढ्नुहोस: खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा तथा सिंचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि एकमुष्ट छलफल जारी छ।

ती मन्त्रालयसम्बन्धी विनियोजनको शीर्षकमाथि दुर्गा पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, प्रेम सुवाल, रामबाबुकुमार यादव, गगनकुमार थापा, अतहरकमाल मुसलमान, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, भीमसेनदास प्रधान र प्रकाशमान सिंहले एकल र संयुक्त रुपमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत गरेका थिए।

उनीहरुले मन्त्रालयगत रुपमा विनियोजन शीर्षकमाथि ठोस र जनअपेक्षाका कार्यक्रम नभएको टिप्पणी गर्दै खर्च कटौतीका लागि आआफ्ना प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन, २०७५÷७६ पेश गरेका थिए।