साउदी राजकुमारको होटेल विनोद चौधरीले ३ अर्ब २० करोड रुपैयाँमा किने

काठमाडौं। साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्।साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ अर्ब २० करोड रुपैयाँमा विक्री गरेका हुन्।

कोरोना महामा’री शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल भएको थियो । केही महीनाअघि साउदीका यी राजकुमारलाई भ्रष्‍’टाचार अभियोगमा प’क्राउ गरिएको थियो।आर्थिक समस्या भएपछि उनले होटल बेचेका हुन् ।साउदी राजकुमारको लगानीमा केन्यामा रहेका सबै व्यवसायबाट उनले हात झिकेका छन्।

अल वालिड विन तलालले केन्यामा रहेका सबै होटेल व्यवसाय विक्री गरिसकेका छन्।उनी भव्य महलमा बस्छन् र उनले बनाएका हरेक चिज उत्कृष्ट हुन्छन् भनेर भन्ने गरिन्छ ।चौधरीले उक्त्त होटल किनेको खबर आएपछि भारतमा समेत हं’गामा मच्चिएको छ ।