आज दिनभर पानी पर्ने

काठमाडौं। आज दिनभरी नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा बनेको चक्रवातको कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएकोले पानी परिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो एकैछिन रोकिए पनि फेरी पानी पर्न सुरु हुने र बेलुकापछि भने पानी पर्न रोकिने छ । भोलिदेखि स्थानीय वायुको कारण केही ठाउँमा पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै मनसुन भित्रन अहिले प्रणालीको विकास भइरहेको छ । पाँचवटा प्रणालीमध्ये केही विकास भइसकेका र केही भित्रने क्रममा रहेकाले यो हप्ताको अन्तिमतिर मनसुन भित्रने अनुमान गरिएको मौसमविदले बताएका छन् ।