अमेरिकामा लकडाउन खोलिएसँगै सैलुनका एक कर्मचारीबाट ९१ जना संक्रमित

काठमाडौं। अमेरिकामा लकडाउन खोलिएसँगै मिसौरीको सैलुनका एक संक्रमित कर्मचारीबाट ९१ जनामा कोरोना फैलिएको छ ।

संक्रमित हुनेमा ८७ जना ग्राहक छन् भने ७ जना सैलुनका कर्मचारी रहेका छन् । जुन कर्मचारीबाट संक्रमण फैलियो, ती व्यक्ति लकडाउन खोलिएको ८ दिनसम्म कोरोनाको लक्षण देखिँदासमेत काममा आएको मिसौरीका स्वास्थ्य अधिकारीले सीएनएनलाई जानकारी दिए।

मिसौरीमा ४ मे देखि सैलुन खोलिएका थिए । यहाँ हालसम्म कोरोना संक्रमणका कारण ६ सय ७६ को मृ’त्यु भएको छ । ११ हजार ७ सय ५२ संक्रमित फेला परेका छन्।