कोरोना लाग्नै नदिने र लागेपछि निको पार्ने औषधि नेपालमै बनेको दाबी, सुरु गरियाे परीक्षण

काठमाडौं। कोरोना भाइरसविरुद्ध औ’ष’धि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान (हेटौंडा) का सहप्राध्यापक डा. ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत त्यसको परीक्षण प्रक्रिया थालेका छन्। उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आज (शुक्रबार)देखि औ’ष’धिको औपचारिक तथा कानुनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन्।

औ’ष’धिबारे मन्त्री युवराज दुलालले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग छलफल गरेका थिए। छलफलपछि औ’ष’धिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिए। ‘अब नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत औ’ष’धिको परीक्षणलगायतका काम हुन्छन्,’ उनले भने।

डा. दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उनको भनाइ छ। आफूले तयार पारेको औ’ष’धिले कोरोना भाइरसवि’रुद्ध पूर्ण रूपमा काम गर्ने जिकिर गर्ने डा. दासका अनुसार रोगको निदान गर्ने समूह र संक्र’मण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औ’ष’धि तयार पारिएको छ।

तीमध्ये छ प्रकारका औ’ष’धिलाई संक्रमण लाग्न नदिन सुईका रूपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औ’ष’धिलाई सं’क्रमणपछि उपचारका लागि र रोग दिानका लागि प्रयोग गर्न सकिने उनको दाबी छ। आफूले कोरोना भाइरसको बनावट त्यसका रासायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औ’ष’धि तयार पारेको उनको दाबी छ।

डाक्टर दासले उक्त औ’ष’धिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने जानकारी दिए।