नयाँ निर्देशिका अनुसार निको नहुँदै डिस्चार्ज हुने थाले कोरोना संक्रमित

धनगढी। सरकारको नयाँ निर्देशिका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीबाट छ जना कोरोना संक्रमित कोरोना निको नहुँदै डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका जारी गरी कोरोनाको कुनै लक्षण नभएको र स्वास्थ्य अवस्था सामान्उ भएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका जारी गरेका थियो।

कोरोना निको नभई डिस्चार्ज गरिनेमा अछामको मेल्लेख गाउँपालिका बाबुछोरी ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिकासहित बैतडीको शिवनाथ गाउँपालिकाका चार जना पुरुष रहेको अस्पतालले जनाएको छ। यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था थियो।