अमेरिकी प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी मागे

काठमाडौं। अमेरिकामा कालो वर्णका मानिसको प्रहरी नियन्त्रणमा ज्या’न गएपछि सुरु भएको हिंसात्मक प्रदर्शन उ’ग्र बनेपछि प्रहरीले घुँडा टेकेर शान्तिको याचना गर्न थालेका छन्।

प्रदर्शन हिं’स्रक बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीको अगाडि घुँ’डा टे’केर मा’फी माग्दै शान्तिको या’चना गरेको भिडियो र फोटो सामाजिक सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा राखिएका छन् । बीबीसीले घुँडा टेकेर माफी मागेको भिडियो राख्दै प्रहरीले हिं’स्रक बनेको आन्दोलन रोक्न चालेको नयाँ रणनीति भनेको छ।

घुँडा टेकेपछि प्रहरीको अगाडि पुगेका प्रदर्शनकारी केही शान्त देखिएका छन् । आठ दिनअघि मिनियापोलिसमा प्रहरीले एक अश्वेत नागरिकलाई कारबाट निकाली घाँ’टी थि’चेर ह’त्या गरेको भन्दै अमेरिकासँगै अरु थुप्रै देशमा आन्दोलन चर्किएको छ।

प्रहरीले ह’त्या गर्ने प्रहरी अधिकारीलाई बर्खास्त गरी उनीसहित अरु चार जनालाई प’क्रा’उ गरेको छ । अहिले अमेरिकाका ४० वटा शहरमा कर्फ्यु लगाइएको छ।