बारामा यात्रुवाहक बसमा लुटपाट, एकजना पक्राउ

बारा। पूर्वपश्चिम राजमाग अन्र्तगत बाराको पथलैया निजगढ खण्डमा एउटा यात्रुवाहक रात्री बसमा लुटपाट भएको छ ।

पुर्वपस्चिम लोकमार्ग अन्तर्गत बाराको निजगढ–पथलैया सडक खण्डको १३ किलो नजिक जंगल क्षेत्रमा बिहान करिब ३ बजेको समयमा काठमाडौं बाट जलेश्वरकालागि छुटेको सुर्य वंशम यातायातको ना ७ ख २७९० नम्बरको रात्री बसमा लुटपाट भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिक्रम लामाले जानकारी दिए ।

५/७ जनाको समुहमा आएको लुटेराहरुले बसका सहयोगीसँग ४५ हजार नगद र सामसुङ कम्पनीको मोबाईल एकथान लुुटी लगेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक बिक्रम लामाले जानकारी दिए ।

उनिहरुले बसमा सवार यात्रुहरुमाथी भने लुटपाट गर्न नसकेको लामाले बताए ।

लुुटपाट गरी भागेका लुुटेरा मध्ये एकजनालाई द्रुतमार्ग नजिकबाट पक्राउ गरी अनसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।