हँसिलो अनुहारमा ६१ बर्षिया हजुरआमा, जो अझै सलुट हान्दै सेक्युरिटी गार्ड बस्छिन् (भिडियो)

काठमाडौँ। पाटनढोकास्थित गणेश मन्दिर नजिक शरीरमा कालो युनिफर्म र कालै रंगको छालाका बुट लगाएकी एक ६१ वर्षकी मनमाया महर्जन हसिलो अनुहारमा भेटिन्छिन्। उनी नव युवा बचत तथा सहकारी संस्थामा सुरक्षा गार्डको रूपमा कार्यरत छिन् । उनी दिनभरी हातमा स्क्यानर लिएर सहकारीको सुरक्षामा खटिएकी छिन् ।

उनले सुरक्षा गार्डको रूपमा काम गर्न थालेको एक वर्ष हुन थालेको छ । सहकारी संस्थामा कुनै नचिनेको मान्छे आए उनले ध्यान दिएर सक्रिय भएर चेक गर्छिन् ।

उनी एक युवापुस्तामा आएको नैराश्यता र काम गर्ने वातावरण छैन भनी गुनासो गर्नेका लागी उदाहरणीय हुन् । उनले सहकारीमा आउने ग्राहकलाई स्क्यानरले जाँच्नु उनको दैनिकी काम नै हो । क्यानडा नेपालका लागि हामिसँग गरीएको कुराकानीमा ६१ वर्षकी मनमायालाई कसैले काकी मा कसैले ठुलो मा त कसैले भाउजु भनेर बोलाउने गरेको उनले बताएकी छिन् ।

तरुनी हुदाँ जागिर नपाउदा धेरै दुख पाएकोले बुढि हुदा जागिर पाउदा निकै खुशि लागेको उनले बताएकी छिन् । सुरक्षा गार्डको रूपमा काम गर्न शुरु गर्दा पाइन्ट लगाउनु पर्दा आफुलाइ लाज लागेको कुरा उनले कुराकानीमा बताइन् । उनले बुढाले रक्सि खाएर कुटेको पिडा पनि पोखेकी छिन् । ६१ वर्षकी सुरक्षागार्ड मनमाया महर्जनसँग हामीले गरेको कुराकानी भिडियोमा हेर्नुहोस: