एकैदिनमा १ सय ८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्याे

काठमाडौं । मुलुकमा १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या एक हजार चार ४ सय एक पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन १ सय ८९ जना संक्रमित थपिएका हुन्।

हालसम्म ६ जनाकाे मृ’त्यु भएकाे तथा २ सय १९ जना निकाे भएर घर फर्किएकाे देवकाेटाले जानकारी दिनुभयाे।