राजस्थान र मध्य प्रदेशको बाली सखाप पारेर सलहको झुण्ड झाँसी प्रवेश, नेपाल पनि जोखिममा (भिडियो)

एजेन्सी। अफ्रिकाबाट हिडेको सलह पाकिस्तान हुदै भारतको राजस्थान र मध्य प्रदेशको बाली सखाप पारेर झाँसी प्रवेश गरेको छ । भारतमा मात्रै करोडौको बाली नष्ट गरिसकेको छ।

सलहको टोली राजस्थानबाट झाँसी आइपुगेको झाँसी जिल्ला मजिस्ट्रेट अन्द्र वाम्सीले बताएको छ । झांसीमा सलहले नदीको वरिपरि बढी सक्रिय भएको र तरकारी बालीमा क्षति र्पुयाइरहेको भारतीय संचारमाध्यमहरुले बताएका छन । गत ११ अप्रिलमा भारतको राजस्थानको गंगानगरमा प्रवेश गरेको सलहले धेरै बाली नाली देखि रुख समेत सखाप पारीसकेको छ।

भारतीय संचारमाध्यमहरुका अनुसार राजस्थानका कृषि मन्त्री लालचन्द कटारियाले सलहबाट प्रभावित भएको क्षेत्रको भ्रमण गरेर किसानहरूसँग भेट गरेको बताइएको छ । केन्द्रीय सरकारको सलह पार्टी चेतावनी संगठनले सलहले अर्को आ क्रमण गर्ने चेतावनी समेत दिएको जनाइएको छ।

यो पाकिस्तान र भारतमा ३० वर्ष यता कै सबै भन्दा ठुलो प्रभाव हो । कोरोना भाइरसको महामारीले थालिएको बेला किसानलाई सलहले थप समस्यामा पारेको छ। यो समस्या नेपालमा पनि देखिने सम्भावना प्रबल देखिएको छ।

भिडियो हेर्नुहोस :