स्वास्थ्य पूर्वाधार विकासतर्फ १२ अर्ब ७६ करोड विनियोनजन

काठमाडौ। सरकारले यस आर्थिक वर्षका लागि स्वास्थ्य पूर्वाधार विकासतर्फ १२ अर्ब ७६ करोड रुपैयाँ बजेट विनियोनजन गरेको छ।

बजेट भाषणका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा १०० शैयाको सरुवा रोग अस्पताल निर्माण गर्ने उल्लेख गर्नुभएको छ।

त्यस्तै सबै स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल बनाउनका लागि स्थानीय तहमा १४ अर्ब २७ करोड रुपैयाँ थप दिने घोषणा गरिएको छ।