रुकुम घटना: युवतीकै घरमा पुगेर बुझ्दा खुल्यो अर्कै वास्तविकता, घटना हुनुको कारण अर्कै (भिडियो)

जाजरकोट। रुकुमको चौरजहारीमा भएको घटनाका विषयमा फरक फरक कुरा आइरहेको छ । नवराज आफुले मनपराएको युवतीलाई विवाह गरेर लैजान भनेर १९ जनाको समुह गएको बताइएको छ । तर स्थानिय गाउँलेले भने फरक कुरा भनिरहेका छन् । यो घटनामा अन्तरजातिय प्रेम विवाहका कारण यो घटना भएको कुरा सार्वजनिक भएको छ तर गाउँलेहरु भने गाउँमा आफ्नै दिदी बहिनीले यस अघि पनि अन्तरजातिय विवाह गरेको र परिवारले स्वीकार गरिसकेका कारण यो अन्तरजातिय विवाहको कारण मात्र भएको घटना भएको भनेर ब्याख्या गर्न नमिल्ने बताएका छन्।

रुकुमका गाउँलेहरुले यदि प्रेम भएको, केटा र केटी विवाहका लागि तयार भएको भए केटा पक्ष केटीकै घरमा राम्रोसंग गएर कुरागर्नुपर्ने गाउँलेको भनाई छ । उनीहरु लकडाउनको समयमा ठूलो संख्यामा होहल्ला गर्दै आएको र गाउँमा तरंग उत्पन्न गरेको बताएका छन् । उनीहरुले गाउँमा गएर विनोद मल्ल कहाँ छन् भन्दै खोज्दै हिडेको बताएका छन् । हामी विनोदको साथी हो र उनलाई खोज्न आएको हो भन्दै हिडेका थिए । आफ्नो घरको परिवारका छोराको नाम लिएर ठूलो संख्यामा युवाहरु आएपछि आमा डराएको स्थानियको बताए।

नवराज विक र युवतीको प्रेमको विषयमा कुनै आपत्ती नभएको उनको भनाई छ । उनीहरुले पटक पटक नवराज युवतीको विषयमा यस्तै गरी आउने गरेको पनि बताएका छन् । वैशाख महिनामा पनि उनी त्यसै गरी आएको र प्रहरीलाई बुझाएको बताएका छन् । उनीहरुले प्रेमका कारण यो घटना नभएको बताएका छन् । उनीहरुले अन्तरजातिय विवाह यस अघि चलिसकेको भन्दै त्यो कारण नभएको बताएका छन् । उनले दुई जनाले एक अर्कालाई माया गर्छन भने आफुहरु तगारो नहुने बताएका छन् । मानिसको ज्यान नै गइसकेपछि गल्ती भएको स्वीकार गर्दै उनीहरुले यो घटनामा प्रेम कारक नभएको बताए । गाउँलेले आफुहरु उनीहरुलाई बचाउन जाने अवस्था नरहेको बताएका छन्।

शनिवार भएको सो घटनाको वारेमा स्थलगत रिपोटिर्गमा गएको एउटा युट्युव च्यानलले सो गाउँका स्थानियसंग गरेको कुराकानी देखाएको छ । युवतीलाई लिन समुहका साथ गएका नवराजलाई स्थानियले लखेटेको बताइएको छ । त्यहाँका स्थानियले भने गाउँमा ठूलो संख्यामा युवकहरु आएपछि आफुहरुले उनीहरु किन आएका हुन् भनेर चासो राखेको बताएका छन् । उनीहरुले वडाध्यक्षले पनि उनीहरु त्यती ठूलो संख्यामा किन आए गएर बुझ्नु भनेर भनेको पनि स्थानियले बताएका छन्।

स्थानियले उनीहरुको ज्यान नै लिने आफुहरुको कुनै उद्देश्य नभएपनि यस्तो अवस्थामा आएका उनीहरुलाई गाउँवाट वाहिर पठाउने पक्षमा भने गाउँले रहेको बताएका छन् । एक जना स्थानियले युवकहरु ठूलो संख्यामा आएको भन्नेवारे आफुले नै वडाध्यक्षलाई जानकारी गराएको बताए।

आफुले जानकारी दिएपछि उनीहरुलाई समातेर प्रहरीलाई बुझाउन भनेको उनले बताएका छन् । उनले त्यो समुहमा नभएका ब्यक्ति पनि प्रहरीले पक्राउ गरेको बताएका छन् । उनले आफुहरुले कुनै आक्रमण नगरेको र गाउँका केही मानिस उनीहरुका बारेमा बुझ्न जाँदा आफै डराएर भागेको बताए । उनले आफु सहित ६ जनाको समुह गएको र आफुहरुलाई देखेर उनीहरु भागेको बताए । उनले प्रहरी सहित आफुहरु उनीहरु किन आएको हुन् भन्ने कुरा बुझ्न गएको बताए।

उनीहरु गाउँले त्यसरी प्रहरी सहित जाँदा डराएर भागेको र नदिमा हाम फालेको आफुले देखेको बताएका छन् । उनले केहीलाई प्रहरीले पक्राउ गरेको पनि बताए । उनले त्यसरी गएका ६ जना गाउँले र उतावाट आएका युवकका टोलीका केहीलाई पनि पक्राउ गरेको पनि बताए।