यहि हुन् ती स्वास्थ्य टिम, जसले ७५ जना संक्रमितलाई निको बनाएर घर पठाए

काठमाडौं। तस्बिरमा देखिएका उनै स्वास्थ्यकर्मी हुन् जसले ७५ जना कोरोना संक्रमितलाई निको पारेर घर पठाएका छन् । यति धेरै संक्रमितलाई निको पारेर घर पठाएका यि स्वास्थ्यकर्मीमा साहस कत्तिपनि कमी भएके छैन । अस्पतालले ७५ जना कोरोना संक्रमितलाई निको पारेर घर पठाएपछि फेरी नियमित सेवा सुचारु गर्न लागेको छ । पर्साको नारायणी उपक्षेत्रीय अस्पतालले नियमित सेवा सुरु गर्ने तयारी थालेको हो।

अस्पतालको आइसोलेसनमा रहेका सबै कोरोना संक्रमित निको भएर घर पठाएपछि अस्प्तालले नियमित काम सुचारु गर्न लागेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले यति ठूलो संख्यामा संक्रमित निको पार्न सफल भएकोमा खुसी ब्यक्त गरे । कोरोना संक्रमितको उपचार सकेर नियमित सेवामा फर्कन लागेको नारायणी पहिलो अस्पताल पनि बनेको छ।

अस्पतालको आइसोलेसवाट ४ महिने बच्चादेखि ७० वर्ष सम्मले कोरोना जितेर फर्केका छन् । सोमबार एकैपटक ४३ जनाको डिस्चार्ज गरेपछि अस्पताल खाली भएको हो । नियमित स्वास्थ्य सेवा सूचारु गर्न सोमवार अस्पताललाई स्यानिटाइज गरिएको छ । यो अस्पतालमा पर्सा, रौतहट, बारा र सर्लाहीका समेत अस्पतालले कुल एक सय ५ जना कोरोना संक्रमितको उपचार गरेको छ।

तीमध्ये नारायणी उपक्षेत्रीय अस्पतालमा मात्रै ७५ जनाको उपचार गरिएको थियो। बाँकी ३० जना संक्रमितलाई अलग्गै रहेको नारायणी कोरोना अस्थायी अस्पतालमा राखेर उपचार गरिएको छ। उक्त अस्थायी अस्पतालको व्यवस्थापन र संक्रमितको उपचार पनि नारायणी अस्पतालले नै गरिरहेको छ। तस्बिर नेपाल खबरवाट