इन्स्टाग्राममा अस्पष्ट सन्देश लेखेर अभिनेत्रीले गरिन् आ’त्मह’त्या

एजेन्सी। भारतीय टेलिभिजन अभिनेत्री प्रेक्षा मेहताले आत्महत्या गरेकी छन्। २५ वर्षीया मेहता मध्य प्रदेश राज्यको इन्दौरस्थित आफ्नै घरमा गएराति झु’ण्डि’एको अवस्थामा फे’ला परेकी थिइन्।

पारिवारिक स्रोतले जनाएअनुसार उनले सु’साइ’ड नोट समेत छाडेकी छन्। यद्यपि उनले आ’त्मह’त्याको कारण खुलाएकी छैनन्। क्रा’इम पेट्रोल, मेरी दुर्गा, लाल इस्क जस्ता शोमा अभिनय गरेकी उनी पछिल्लो समय डिप्रेसनमा रहेको बताइएको छ।

‘सपनाको मृ’त्यु हुनु सबैभन्दा खराब हो,’ उनले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा लेखेकी थिइन्।