कोरोनाविरुद्ध चीनको अहिलेसम्मकै ठूलो कदम, कुनै देशले गर्न नसकेको काम गरेर देखायो

एजेन्सी। चीनले शुक्रवार वुहान शहरमा १४.७ लाख कोरोना टेस्ट गरिएको दाबी गरेको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले यसको जानकारी दिँदै बिहीवार पनि १० लाख मानिसको टेस्ट गरेको बताए । कुनै पनि देशको कुनै शहरमा यति धेरै मानिसको एकै दिनमा परीक्षण गरेको यो पहिलोपटक हो ।

केही दिनअघि चीनले वुहान शहरको पूरै जनसंख्यालाई कोरोना परीक्षण गर्ने निर्णय लिएको थियो । चीनले दुई हप्तामा वुहानका १ करोड १० लाख मानिसको परीक्षण गर्ने योजना बनाएका छन् ।

त्यसैअन्तर्गत वुहानमा एक दिनमा १४.७ लाख मानिसको न्युक्लिक एसिड टेस्ट गरिएको हो । वुहानमा कोरोनाको दोस्रो लहर देखिएकाले व्यापक परीक्षण गरिएको हो । वुहानबाट नै कोरोनाभाइरस संक्रमण शुरू भएको थियो ।