मुम्बईमा रहेकी मनिषा आमाबुवाका साथ नेपाल आउँदै, बुवा प्रकाशले दिए यस्तो सन्देश

काठमाडौं। सिमानाका विषयमा नेपालको पक्ष लिएको भन्दै मनिषा कोइराला यतिवेला भारतीय मिडियाको तारो बनिरहेकी छन् । कोइराला अहिले आफ्ना आमाबुवाको साथमा भारतमै छन् । मिडियाले उनलाई अहिले तल्लो स्तरमा गाली गलौज गर्दै विशेष कार्यक्रम नै प्रशारण गरेका छन् । भारतमै रहेका मनिषाका परिवार नेपाल आउन चाहन्छन् । उनीहरुको वैशाख १८ गते नै नेपाल आउने कार्यक्रम भएको भएपनि लकडाउनका कारण आउन पाएनन्।

मनिषाका बुवा प्रकाश कोइरालाले आफुहरु जतिसक्दो चाँडो नेपाल आउन चाहेको बताएका छन् । उनले आफुसंगै छोरी मनिषा पनि नेपाल फर्कने बताएका छन् । नेपालले नयाँ नक्सा जारी गरेपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नयाँ नक्सा सार्वजनिक गर्दै ट्वीट गरेको एउटा सामग्रीलाई मनिषाले समर्थन जनाउँदै रिट्वीट गरेकी थिइन्।

उनले दुई ठुला राष्ट्रकाबीच भएको सानो देश नेपालले सिमानाका समस्या दुवै देशसंगको छलफलमा समाधान गर्नुपर्ने बताएकी थिइन् । सोही ट्वीट पछि अहिले मिडियामा मनिषालाई लिएर निकै ठूलो हलचल भएको छ । उनलाइ चीनको इशारामा यस्तो प्रतिकृया दिएको भन्दै भारतीय मिडियाले विरोध गरीरहेका छन्।

एक समय भारतीय चलचित्र उद्योग बलिउडमा राज गरेकी नायिका मनिषालालाई विशेष कार्यक्रम नै बनाएर भारतीय मिडियाले मनगढन्ते कुरा गरिरहेका छन् । नेपाल सरकारले लिपुलेक,कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले गरेको ट्वीटमा जनाएको समर्थनले उनको निकै चर्चा भएको हो । भारतले विरोध गरिरहँदा नेपालमा भने उनको समर्थनमा सामाजिक अभियान नै चलाइएको छ।

शान्पिूर्ण र सम्मानपूर्वक सम्वाद गर्नुपर्ने पनि स्पष्ट पारेकी थिईन् । मनिषाको ट्विट भारतीय मिडियाका लागि असह्य भयो । उनीहरुले उनलाई भारतको खाएर चीनको गाएको पनि आरोप लगाए ।मनिषामाथि भारतीय मिडियाले तुच्छ टिप्पणी गरेपछि काठमाडौं र पूरा विश्वभरि छरिएर रहेका नेपालीहरु मनिषाको पक्षमा उभिएर भारतीय मिडियालाई जवाफ फर्काएका थिए।

मनिषा भने यतिवेला बुवा र आमासँगै भारतको मुम्बईमा छिन् । मनिषाका बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइराला गत बैशाख १८ गते नै नेपाल आउने कार्यक्रम थियो । तर, लकडाउन सुरु भएको कारण उनीहरु मुम्बईमै अड्किए । मनिषाका बुवा प्रकाश कोइरालाले दिएको जानकारीअनुसार उनीहरु जतिसक्दो चाँडै नेपाल आउने कार्यक्रम छ । उनीहरुको साथमा छोरी मनिषापनि काठमाडौं आउँदैछिन्।