सप्तरीमा कु’टपि’टबाट दुई जनाको मृ’त्यु

सप्तरी। सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्र’हा’रबाट एक जनाको मृत्यु भएको छ। चिर्पट प्र’हारबाट घा’इते डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५५ वर्षीय सुखदेव मण्डलको उपचारको क्र’ममा गए राति न्यूरो अस्पताल विराटनगरमा मृ’त्यु भएको मृ’तकका परिवारले जानकारी दिएको छ।

शनिबार साँझ उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएका मण्डलको उपचार हुन नसकेपछि बिराटनगर लगिएको थियो। डाकनेश्वरी नगरपालिका–९ का वडाध्यक्ष कर्णदेव चौधरीले बाटोमा घर बनाएको विषयमा मेहता परिवार र मण्डल परिवारबीच भएको वि’वाद र झ’डपमा घा’इते सुखदेव मण्डलको मृ’त्यु भएको बताए। पी’डि’त परिवारले मुकेश महतो, फुरकुन भनिने देवेन्द्र महतो, शिवनारायण महतो, उमेश महतोलगायतले कु’टपि’ट गरेको आरो’प लगाएका छन्। मुकेशले नयाँ निर्माण गरिरहेको घर बाटोमा परेको भन्दै रोक्न गएपछि शुरु भएको वि’वादले उ’ग्ररुप लिएको प्रत्यक्षदर्शीले बताए।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ। कु’टपि’टबाट सुखदेव मण्डलको मृ’त्यु भएको लिखित उजुरी नआए पनि मौखिक जानकारी आएपछि आ’रोपितहरुको खोजीकार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायाब उपरीक्षक तिलक भारतीले बताए।

यसअघि वैशाख २३ गते भएको कु’टपि’टमा घाइते भएका सप्तरीको महादेवा गाउँपालिका–१ बल्थीका ८० वर्षीय सुविलाल यादवको बिहीबार मृ’त्यु भएको थियो। उपचारपश्चात वैशाख २७ गते डिस्चार्ज भई घरमा बसेका वृ’द्धको मृ’त्यु भएको भन्दै एक जनावि’रुद्ध उ’जुरी परेको र हालसम्म प’क्राउ नपरेको प्रनाउ भारतीले बताए। रासस

सांकेतिक तस्विर