चिनियाँ सेनाको कब्जामा भारतीय सैनिक ? भारतले गर्‍यो खण्डन

एजेन्सी। लद्दाखमा चिनियाा सुरक्षाबलले भारतीय सेनाको गश्ती टोलीलाई नियन्त्रणमा लिएको खबरलाई भारतीय सेनाका स्रोतहरूले ख’ण्डन गरेको जीन्युजको अन्लाइन संस्करणमा छापिएको छ ।

भारतीय सेना र इन्डो–टिबेटन बोर्डर पुलिसका जवानहरूलाई चिनियाँ जनमुक्ति सेनाले गत साता लद्दाखमा वास्तविक निय’न्त्रण रेखा नजिक भएको झैझगडापछि नियन्त्रणमा लिएको खबर आएको थियो । समाचारहरूमा आएबमोजिम, भारतीय गश्ती टोलीलाई केही समयका लागि नियन्त्रणमा लिइएको थियो र उनीहरूको हतियार चिनियाँहरूले खोसेका थिए । स्थानीय स्तरमा दुई पक्षबीच कुराकानी भएपछि मात्र उनीहरूलाई मुक्त गरिएको बताइएको थियो ।

चिनियाँ बलहरूले भारतीय भूभागमा अति’क्र’मण गरेको अनि पांगोङ तालमा डुंगाहरूका साथ आ’क्रा’मक गश्ती गरेको बताइएको थियो । वास्तविक निय’न्त्रण रेखामा त’ना’व बढ्दा दुवै पक्षले उक्त क्षेत्रमा सैनिक र हा’तहति’या’रको संख्या बढाएका छन् । झै’झ’गडा भएका ठाउँमा दुवै पक्ष उच्च सतर्क’ताको स्थितिमा छन् ।

भारतीय सेनाले भारतीय भूभागमा कुनै पनि किसिमको चिनियाँ अति’क्र’मण हुन नदिने र यी क्षेत्रहरूको ग’श्ती गर्ने बताएको छ । चिनियाँ जनमुक्ति सेना भारतमा प्रवेश गरेर भारतीय बलहरूसँग यदाकदा भि’ड’न्त गरिरहेको छ ।