नेपाली समुदायद्वारा बलिवुड अभिनेत्री अनुष्का शर्माविरुद्ध मु’द्दा

काठमाडौं। बलिवुड अभिनेत्री अनुष्का शर्माविरुद्द भारतमा रहेको गोरखा समुदायले मु’द्दा दर्ता गरेका छन् । नायिका अनुष्का र उनका भाइ कर्णेश शर्माले निर्माण गरेको वेब सिरिज ‘पाताल लोक’ प्रयोग भएका केही शब्द नेपाली समुदायका लागि अपमा’नजनक भएको भन्दै मु’द्दा दर्ता गरेको हो।

अनुष्का शर्मालाई लयर्स गिल्डका एक सदस्य विरेन श्री गुरुङले १८ मे मा कानुनी नोटिस पठाएका थिए । उनका अनुसार सिरिजको एक अङ्कमा एक महिला प्रहरीले प्रहरी कार्यालयमा ल्याइएकी नेपाली महिलासँग सोधपुछको क्रममा देशको नामका साथ अपश’ब्द प्रयोग गरेर गा’ली गरेकी छिन । जुन निकै नै गल’त हो।

गुरुङका अनुसार नेपाली शब्दलाई लिएर कुनै पनि उक्त शो का चार जना निर्माता मध्येकी एक अनुष्का शर्मालाई पनि कानुनी नोटिस पठाएको उनले बताए । तर, अनुष्का तथा उनको टिमको तर्फबाट कुनै पनि जवाफ आएको छैन । यस कारण अब उनले अमेजनसँग कुरा गर्ने बताएका छन्।

यस विषयमा भारतमा रहेको गोरखा समुदायले पनि भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालय र त्यस विभागका मन्त्री प्रकाश जावडकर, अमेजन प्राइम भिडियो र अनुष्का शर्माको नाममा एक अनलाइन अपिल दर्ता गर्दै त्यो अपमा’नजनक श’ब्दलाई म्युट गर्न, सबटाइटललाई धमिलो बनाउनुका साथै माफी माग्नुपर्ने बताएका छन । यसका साथै अनलाइन प्लेटफर्ममा राखिएको त्यो अङ्कलाई हटाएर सम्पादित अङ्क अपलोड गरिनुपर्ने माग गरेका छन्।