हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीकाे उपचारकाे क्रममा मृ’त्यु

सङ्खुवासभा। सेनाको हेलिकप्टरमार्फत शुक्रबार सङ्खुवासभाबाट काठमाण्डौ पठाइएकी सुत्केरीको उपचारको क्रममा ज्या’न गएको छ । खाँदबारी नगरपालिका ६ घर भएकी ३२ वर्षीया गंगा कार्कीको काठमाण्डौको थापाथली प्रसूति गृहमा उपचारको क्रममा शुक्रबार राति साढे १० बजेतिर ज्या’न गएकाे खबर प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिमबहादुर लामाले बताउनुभयो ।

प्रसव पीडाले च्यापेपछि कार्की गएको ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुनालाई भर्ना हुनुभएकाे थियाे । तर उहाँको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि जिल्ला अस्पताल खाँदबारीले नसक्ने भन्दै नोबेल अस्पताल विराटनगर रिफर गरेको थियो । नोबेल अस्पतालले कार्कीको पेटबाट मृत शिशुलाई अप्रेशन गरेर बाहिर निकालेको थियो । त्यहाँका चिकित्सकले दुई हप्तासम्म अस्पतालमा नै आराम गरेर बस्नु पर्ने भने पनि कार्की परिवारिकाे अवस्था दयनीय भएकाले खर्च धान्न नसकेको भन्दै ८ गते घर फर्किएका थिए ।