थप एक चिकित्सकमा कोरोना पुष्टि, संक्रमित चिकित्सकको संख्या २ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित चिकित्सकको संख्या दुई पुगेको छ । नेपाली सेनामा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले गत शनिबार चिकित्सकलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । प्रदेश नम्वर २ को मध्यपूर्वि पृतनामा कार्यरत चिकित्सक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार संक्रमित चिकित्सक फिल्डमा खटीनुभएको थियो ।

नेपाली सेनाका चिकित्सक संक्रमण पुष्टि हुनुभन्दा १० दिन अगाडि सिन्धुली जानुभएको थियो । संक्रमित डाक्टर सामान्य अवस्थामा हाल शशस्त्र प्रहरी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत हुनुन्छ ।

संक्रमित चिकित्सकको सम्पर्कमा रहेकाहरुका ट्रेसिङ कार्य भइरहेको प्रवक्ता पाण्डेले बताउनुभयो । मंगलबार स्वास्थ्य सेवा विभागमा कार्यरत एक चिकित्सकलाई पनि कोरोना पुष्टि भइसकेको छ ।