सुरक्षा गार्ड र प्रिन्टिङ प्रेसको कर्मचारीमा पनि कोरोना सं’क्रमण

काठमाडौं। आज मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरमा थपिएका पाँच जना सं’क्रमित मध्ये दुई संक्रमित सुरक्षा गार्ड र प्रिन्टिङ प्रेसको कर्मचारी भएको खुलेको छ । स्वास्थ्य मन्त्रायलले सोमबार धादिङका कोरोना सं’क्रमित भनेर सार्वजनिक गरेको व्यक्ति काठमाडौंको बागबजारस्थित एक प्रिन्टिङ प्रेसमा काम गर्ने कर्मचारी भएको पुष्टि भएको छ।

धादिङ स्थायी घर भएका उनले गाउँ पुगेर फर्किएपछि परीक्षणका लागि टेकु अस्पतालमा स्वाब दिएको कन्ट्याक ट्रेसिङमा संलग्न एक सुरक्षा अधिकारीले जानकारी दिए।

त्यसक्रममा उनमा कोरोना भाइरसको सं’क्रमण देखिएको हो। अहिले उनकाे आइसेलेसनमा राखेर उपचार भइरहेको छ । त्यस्तै अर्का काठमाडौंका सं’क्रमित नक्सालका सुरक्षा गार्ड हुन्।