गाह्रो भएपछि प्रधानमन्त्रीले संसदमा बसेरै गरे सम्बोधन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई स्वास्थ्यका कारण उठेर बोल्न गार्‍हो भएपछि बसेर संसदलाई सम्बोधन गरेका छन्।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गर्दा प्रधानमन्त्री ओलीले अआफूलाई उठेर बोल्न गार्‍हो भएको बताए।

प्रधानमन्त्रीले गार्‍हो भएको बताएपछि उनलाई बसेर बोल्न व्यवस्था गर्न सभामुख अग्नी सापकोटाले आग्रह गरेका थिए। अप्रेसनको कारणले मेरो खुट्टामा समस्या छ, दुख्ने गर्छ’, प्रधानमन्त्रीले भने ।