काठमाडौंबाट खोटाङ पुगेका युवकमा कोरोना, फाइनान्समा पैसा उठाउने काम गर्थे

काठमाडौं। खोटाङमा पहिलोपटक एक युवकमा कोरोना सं’क्रम’ण देखिएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ निवासी २० वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको मेयर इवन राईले बताए।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा सं’क्रम’ण पुष्टि भएको हो। युवकलाई मंगलबार बिहान विराटनगरको कोशी अस्पताल लैजाने नगरपालिकाको तयारी छ। युवक गत वैशाख १२ गते काठमाडौंबाट खोटाङ पुगेका थिए। नगरपालिकाले काठमाडौंमा अलपत्र परेकाहरूलाई उद्दार गर्दा सोही टोलीमा उनी पनि खोटाङ पुगेका थिए।

मेयर राईका अनुसार उनी काठमाडौंमा फाइनान्समा पैसा उठाउने काम गर्थे। उनीबारे थप विवरण लिने काम भइरहेको छ। काठमाडौंबाट हलेसी पुगेर उनी होम क्वारेन्टाइनमा बसेका थिए। उनको पिसिआर परीक्षणका लागि गत वैशाख २ गते स्वाब धरान पठाइएको थियो।