प्रेमीसंग मिली श्रीमतीले गरिन् औ’ष’धि व्यवसायी दुलालको ह’त्या

विराटनगर । विराटनगरको औ’ष’धि व्यवसायी ३३ वर्षका देवीप्रसाद दुलालको ह’त्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलासा भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा ह’त्या भएको थियो । विराटनगरमा औ’ष’धि व्यवसाय गर्दै आएका उनको ह’त्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको छ । दुवै जनालाई प्रहरीले प’क्राउ गरिसकेको छ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले औ’ष’धि व्यवसायीको ह’त्या नै भएको पुष्टि गर्दै घ’टनामा संलग्नहरुलाई प’क्राउ गरिसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमतीकै योजनामा घ’टना भएको देखिन्छ । सुतेका समयमा प्लाष्टिकको डोरीले घाँ’टी कसेर ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै ह’त्या गरेको खुलेको छ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँ’टीमा कसेर ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चो’ट समेत लागेको प्रहरीको भनाइ छ।

दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औ’ष’धिको डिलर सञ्चालन गर्दै आएका थिए । ओछ्यानमै बे’होस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनसाथ मृ’त घोषित गर्दै चिकित्सकले मृ’त्यु अस्वभाविक रहेको जनाएपछि घटनाका बारेमा अनुसन्धान थालिएको एसपी अधिकारीले बताउनुभयो।