सावित्रीको घट’नाबाट के अनुमान गर्न सकिन्छ ?

  • डा रवीन्द्र पाण्डे

कोभिड १९ बाट मृ’त्यु भएको सिन्धुपाल्चोककी महिला टोखामा बस्थिन | प्रसव गराउन उनी बैशाख २३ गते शिक्षण अस्पताल गएकी थिइन् | २४ गते सामान्य अबस्थामा डिस्चार्ज भएकी उनी २५ गते बाह्रबिसे गएकी थिइन् | त्यहाँ उनी बि’रामी भएपछि स्थानीय अस्पतालमा उपचार गराइन | उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पुर्याइयो | त्यसको आधाघन्टामा उनको उपचारको क्र’ममा मृ’त्यु भयो |

यो घटनाबाट के अनुमान गर्न सकिन्छ भने –

१. उनलाई शिक्षण अस्पताल जानुपूर्व कोरोना संक्रमण भएको हुनसक्छ | शिक्षण अस्पतालबाट सरेको भए सरेको ८- १० दिनमै मृ’त्यु हुने थिएन | सेप्टीसेमियाबाट मृ’त्यु भएको भए पिसिआर पोजिटिभ देखिने थिएन | सामान्यतया संक्र’मण भएको ३ – ६ हप्तामा मृ’त्यु हुन्छ | उनलाई स्थानीय रुपमा पहिले नै लक्षणविहिन कोरोना सं’क्रमण भएको हुनसक्छ |

२. कोरोना सं’क्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्रसुती गराउने बिरामीलाई पिसिआर परिक्षण गरेको भए उनलाई प्रसव गराएर आइसीयुमा राख्ने अवसर मिल्थ्यो |

३. ग’र्भवती तथा सुत्केरीलाई जोखिम बर्ग मानिन्छ | यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर हुन्थ्यो |

४. हाम्रा अस्पतालले बुझ्नु पर्ने यो अवस्था आयो कि कोरोना सं’क्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ | सर्जरी गर्ने तथा प्रसव गराउने जस्ता बिषयमा पहिले पिसिआर टेस्ट गर्नु अनिबार्य भएको छ | यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन |

५. अस्पतालबाट सं’क्र’मण सर्ने सम्भावना अध्ययन गर्नु र तदनुसार हरेक अस्पताललाई संक्रमणरहित बनाउनु अपरिहार्य भएको छ |

मृ’त’क बहिनीप्रति हार्दिक श्रद्धान्जलि तथा शोकाकुल परिवारमा हार्दिक समबेदना व्यक्त गर्दछु |