भारतमा फेरि चौथो पटक थपियो लकडाउन

नयाँदिल्ली। भारतमा कोरोना संक्रमणले विकराल रुप लिँदै गएपछि चौथो पटक लकडाउन अवधि थपिएको छ। भारतको राष्ट्रिय प्रकोप प्रबन्धन प्राधिकरणले केन्द्र र राज्य सरकारलाई आगामी मे ३१ तारिख (जेठ १८) सम्म लकडाउन जारी राख्न निर्देशन दिएको हो।

लकडाउन सम्बन्धी विस्तृत जानकारी भने आउन बाँकी छ । यसअघि तेश्रो चरणको लकडाउनमा कतिपय क्षेत्रमा खुकुलो गरिएको थियो । भारत सरकारले ऐतिहासिक राहत प्याकेज घोषणा गरेको तेश्रो दिन लकडाउन लम्ब्याउने निर्णय भएको हो । भारतमा संक्रमितको संख्या ९२ हजार भन्दा बढी पुगेको छ ।

यस्तो थियो भारतमा लकडाउन

पहिलोपटक भारतमा २५ मार्चदेखि १४, अप्रिलसम्म २१ दिनको लकडाउन घोषणा गरिएको थियो । यो अवधिमा अत्याआवश्यक सामानका पसल खोल्न मात्र अनुमति दिइएको थियो ।

दोश्रो चरणको लकडाउन १५ अप्रिलदेखि ३ मे सम्म जारी गरिएको थियो । यो अवधिमा रेड जोन बाहिर ओरेन्ज र ग्रीन जोनमा पसल खोल्ने अनुमति दिइयो ।

तेश्रो चरण ४ मईदेखि १७ मईसम्म बढाइयो । यो अवधिमा प्रवासी मजदूरका लागि रेल र बस सञ्चालन गरियो । विदेशका भारतीयहरुलाई समेत देशमा फर्काइयो ।