लकडाउन १५ गतेसम्म लम्बियो !

काठमाडौँ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन १५ गतेसम्म लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै ५ बजे बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।

‘१५ गतेसम्म लकडाउन लम्बिने निर्णय गर्दैछौँ। ‘ एक मन्त्रीले भने । सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृ’त्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।