क्वारेन्टिनमा मृ’त्यु भएका युवाको कोरोना पोजेटिभ

काठमाडौं। बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृ’त्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । उनकाे भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरेका छन् ।

योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृ’त्यु भएको छ । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।