टेकु अस्पतालमा दुईजना विरामी कोरोना संक्रमित

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालमा उपचाररत को’रोना भाइरस संक्रमित दुई जनाको दोस्रो रि’पोर्ट पनि पोजेटिभ आएको छ ।

नेपालका दोस्रो र तेस्रो को’रोना संक्रमित बि’रामीको मंगलबार थ्रो’ट स्वा’ब संकलन गरी प’रीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्र’योगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डि’स्चार्ज गर्ने तयारी थियो ।तर बुधबार रि’पोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका चिकित्सकले बताएका छन ।

चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते को’रोना संक्रमण पुष्टि भएको थियो ।अस्पतालले दिएको जानकारीअनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सा’मान्य छ ।