कोरोनाभाइरस सम्बन्धी अप्रिल फूलको जोक गर्नेलाई पाँच वर्ष जेल

एजेन्सी। कोरोनाभाइरससँग सम्बन्धित अप्रिल फूल जोक गर्नेलाई पाँच वर्षसम्मको कारावास सजाय हुने थाइल्यान्ड सरकारले चेतावनी दिएको छ । संसारभरिका देशले कोभिड–१९ का सम्बन्धमा जोक नगर्न मानिसहरूलाई चेतावनी दिएका छन् किनकि जोकमार्फत हल्ला फैलिएर मानिसको जीवन नै जोखिममा पर्न सक्छ।

‘अप्रिल फूल्स डेमा कोभिड–१९ भएको भनी जोक गर्नु गैरकानूनी हो,’ थाइ सरकारले ट्विटरमा लेखेको छ । ताइवानकी राष्ट्रपति त्साइ इङ–वेनले मानिसहरूलाई भाइरसका विषयमा जोक नगर्न अनि हल्ला वा गलत सूचना फैलाउनेलाई तीन वर्षसम्मको कारावास सजाय ररवा ३० लाखसम्मको जरिवाना लगाउन सकिने भनी फेसबूकमा लेखिन् । भारतको महाराष्ट्र राज्यको साइबर सुरक्षा इकाइले अप्रिल फूल्स डेमा गलत खबर फैलाउने जोकोहीविरद्ध कारवाही चलाइने चेतावनी दिएको छ।