बङ्गलादेशमा एमबीबीएस पढिरहेका विद्यार्थी भन्छन्: सरकारले नेपाल फर्काओस, सङ्कटको बेला नेपाल फर्किएर सेवा गर्न चाहन्छौं

काठमाडौं। बङ्गलादेशमा एमबीबीएस पढिरहेका नेपाली विद्यार्थीले आफूहरुलाई छिटो नेपाल फर्काउन माग गरेका छन् ।को’रोना भाइरसको सङ्कटको बेला आफूहरु नेपाल फर्किएर सेवा गर्न चाहेकोले सरकारले स्वदेश फर्काउन पहल गर्नुपर्ने उनीहरुको भनाइ छ ।बङ्गलादेशमा अहिले झण्डै सात सय मेडिकल शिक्षा लिने विद्यार्थी छन् । क्व’रेण्टीनमा बस्नुपर्ने लगायतका सरकारले तो’केका सबै मा’पदण्ड पूरा गर्न तयार रहेको तर आफूहरुलाई बङ्गलादेशबाट फर्काउन मा’ग गरिएको नेप्लिज स्टुडेन्ड एसोसिएशन बङ्गलादेशका अध्यक्ष नविन यादवको भनाइ रहेको छ ।

सरकारले ख’टाएको जुनसुकै ठाउँमा गएर सेवा गर्न तयार रहेको पनि विद्यार्थीले बताए ।यो बेलामा देश फर्केर सेवा गर्न आफूहरु उत्सुक रहेको पनि यादवको भनाइ छ ।नेपाली विद्यार्थीहरुले आफूहरु बङ्गलादेशमा अ’सुरक्षित रहेको गुनासो गरेका छन् । ‘नेपाल सरकारले पहिलो चरणको ल’कडाउन सकिएपछि उ’द्धार गर्छ कि भन्ने आशामा रहेका नेपाली विद्यार्थी सरकारले उ’द्धार नगर्ने घो’षणा गरेपछि दुखी भएका छन्’, विद्यार्थी नविन यादवले गु’नासो गर्नुभयो ।१२ दिनदेखि कलेजकै क्व’रेण्टीनमा रहेको र बङ्गलादेशमा को’रोनाबाट बच्न उच्च सतर्कता नअपाएकाले आफूहरु निकै चिन्तित रहेको विद्यार्थीले बताएका छन् ।