संक्रमित युवतीको परिवारका चार सदस्यमा कोरोना नभएको पुष्टि

बागलुङ। कोरोना संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी युवतीको परिवारका चार सदस्यलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

सोमबार परिवारका ७ सदस्यसहित ११ जनाको नमुना स्वाब पठाइएकोमा परिवारका चार सदस्यको बुधबार नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ।
धौलागिरी अञ्चल अस्पताल बागलुङले युवती, उनका परिवार र उनीसँगै यात्रा गरेका १० जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएको थियो।

परीक्षणका लागि पठाइएको मध्ये बुवा, हजुरबुबा, मावली तर्फका दाजु र दिदीको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डन डाक्टर शैलेन्द्र बि पोखरेलले जानकारी दिए।