कोरोनासँग लडेर उठेका चीन यु’द्ध अभ्यासमा, जापानले तैनाथ गर्यो मिसाइल

काठमाडौं। पूरै विश्व अहिले कोरोनाभाइरसको त्रा’समा छ । तर, चीन भने यो अक्रामक महामा’रीमाथि विजय पाउने संघारमा छ । चीनबाटै सुरु भएको भए पनि यो भाइरस अहिले चीनमा निकै कमजोर भइसकेको छ तर बाँकी विश्वका लागि यो निकै भयानक समस्ष्याको रुपमा अगाडि आएको छ । विश्वका अन्य देश कोरोनासँग जुधिरहेका बेला चीनले भने कोरानामाथि विजय प्राप्त गर्दै अब सैन्य अभ्यास गर्न थालेको छ । २९ मार्चको रातमा चीनले यु’द्धाभ्यास गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द टम्पेटले लेखेको छ ।

चीनको यो यु’द्धाभ्याका कारण जापान र ताइवान चिन्तामा परेको समाचारमा जनाइएको छ । चीनले उत्तर पूर्वी इलाकामा ट्यांकबाट यु’द्धाभ्यास गरेको हो । यसबाट चिन्तित ताइवानले कोरोनाभाइरसको सहारा लिएर चीनले आफूमाथि आक्रमण गर्न सक्ने आशंका व्यक्त गरेको छ । चीनको यु’द्धाभ्यास देखेपछि जापानले चीनसँग जोडिएको आफ्नो मियाकोजिमा द्वीपमा मिसाइलहरु र ३४० सैनिक तैनाथ गरेको छ । ताइवानले पनि आफ्नो एयरस्पेसमा चनले लडा’कु विमान पठाएको दावी गरेको छ ।

उता यही रात उत्तर कोरियाले पनि सुपर लार्ज मल्टिपल रकेट लञ्चरको सफल परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएले यी तस्वीर रोयटर्सलाई उपलब्ध गराएको हो । चीनको रकारी वेबसाइट ग्लोबल टाइम्सले पनि उसको सेना पिपुल्स लिबरेशन आर्मीले यु’द्ध अभ्यास गरेको पुष्टि गरेको छ ।