प्रतिब’न्ध छल्दै थर्माेमिट साबुन बाेकेर जतनाकाे घरदैलाेमा विप्लवका युवाहरु

काठमाडौं। प्र’तिबन्धित वि’प्ल’व नेतृत्वको नेकपा निकट युवा सङ्गठन नेपाल राप्ती ब्यु’रोको आयोजनामा दाङ जिल्ला युवा सङ्गठनले जिल्लाका विभिन्न ठाउँमा ४५० घरधुरीलाई मास्क, साबुन डिजिटल थर्माेमिटर वितरण गर्नुका साथै को’रोना भा’इरसबारे सचेतनामूलक कार्यक्रम गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ वगेश्री थारू गाउँ टोल विकास संस्था, वडा नम्बर ३ आदर्श टोल विकास संस्था, सालघारी टोल विकास संस्था, मिलीजुली टोल विकास संस्था, शान्तिनगर गाउँपालिकाको नवजागरण टोललगायत ८ ठाउँमा विश्व–महामारीका रूपमा देखापरेको को’रोना भा’इरस (Covid-19) का बारेमा सचेतनामूलक कार्यक्रमसहित ४५० घरधुरीलाई मास्क, साबुन र डिजिटल थर्माेमिटर वितरण गरिएको समाचारमा जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि युवा सङ्गठन नेपाल राप्ती ब्यु’रोका इन्चार्ज अनिलले यो स्वास्थ्य स’ङ्कटका विरुद्ध कुनै पनि पूर्वाग्रहबिना राज्यका सबै पक्ष र क्रा’न्तिका’रीहरू दुवै एक भएर लड्नुपर्ने बताए । उनले लकडाउनका बेला दैनिक श्रममा आफ्नो जीवन चलाउने श्रमिक परिवारका लागि राज्यसँग भरणपोषणको व्यवस्था गर्न माग पनि गरे ।

कार्यक्रममा युवा सङ्गठनका केन्द्रीय सदस्य वीरेन्द्र, नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सदस्य जनक, युवा सङ्गठन दाङका अध्यक्ष विराट, पार्टीका जिल्ला सदस्य अमरलगायतको सहभागिता थियो । स्वास्थ्य सामग्रीहरू सम्बन्धित टोल विकास संस्थाका पदाधिकारीलाई वितरण गरिएको थियोे ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी दाङले पनि देउखुरीका विभिन्न ठाउँमा कोरोना भाइरसबारे सचेतनासहित मास्क, साबुनलगायत सामग्री वितरण गरेको समाचार प्राप्त भएको छ । नेकपाले दाङ–देउखुरीको मौरीघाटमा ४० परिवारलाई सामग्री वितरण गरेको जनाइएको छ । प्रतिबन्ध छल्दै जनताकाे सेवामा लाग्दा उत्साहित छन् युवा संगठनका जेता कार्यकर्ता ।